बार्सिलोनामा मेस्सी एक्लियो

लियोनेल मेस्सी: बार्सिलोना स्टार प्रशिक्षणको क्रममा एक्लो महसुस गरिरहेको भिडियो बाहिरेको छ।

लियोनेल मेसी हाल आफ्नो प्रख्यात क्यारियरको सबैभन्दा कठिन अवधिबाट गुज्रिरहेका छन्।

अर्जेन्टिनी सुपरस्टारले २०२०/२०२१ को सिजनमा पिचमा प्रदर्शन  गर्न संघर्षरत छ्न। उन्ले जारी सिजन ओपन प्लेबाट मात्र एक गोल गरेका छ्न।

उन्को खराब फर्म – आफ्नै उच्च मापदण्डहरू – त्येस्तै उन्ले सार्वजनिक रुपमा आफू बार्सिलोना छोड्न चाहेको प्रतिक्रियाका कारण उनी यस सिजन बिबादमा रहयो।

अन्ततः उनले क्याटालोनियामा नै बस्न रोजे किनभने उनी क्लबसँग कानुनी लडाईमा जान चाहँदैनथे किनकि उन्को मुटुमा अझै क्लबको लागि उच्च सम्मान रहेको छ।

तर निरन्तर दबाब उनीसामु स्पष्ट छ र बार्शाको प्रशिक्षण सत्रको क्रममा उनी एक्लै भएका भिडियो सामाजिक सन्जालमा भाइरल भएको छ।