“बार्सिलोनामा भन्दा अहिले नेमार धेरै परिपक्व भएका छन्”

ब्राजिल राष्ट्रिय टिमका कोच टिटेले नेमारको प्रशंसा गरेका छन्। आफ्नो टोलीको बारे कुरा गर्दै उनले नेमारको प्रशंसा गरे र बार्सिलोनामा खेल्ने बेला भन्दा अहिले नेमार धेरै परिपक्व भएका उनले दाबी गरे

नेमार २०१७ बार्साबाट €२२२ मिलियनको रेकर्ड ट्रान्सफर रकममा पिएसजी आएका थिए। र ब्राजिल राष्ट्रिय टिमका कोच टिटेको विश्वास छ कि पिएसजीमा आए पछि नेमार धेरै परिपक्व भएका छन् र नेमार आफ्नो आफ्नो शक्ति बढाउन सफल रहेको पनि टिटेले दाबी गरे।

ब्राजिल राष्ट्रिय टोलीका प्रमुख प्रशिक्षकले फिफालाई भने: “नेमार धेरै परिपक्व भएका छन्।

यस अघि, जब उनी बार्सिलोनामा हुनु हुन्थे र ब्राजिलको कोचको रूपमा मेरो सुरुका दिनहरूमा , उनी एक खेलाडी थिए जो विङ्गमा धेरै हुन्थे, उनी गोल गर्थे, उनी सँग द्रुत गति थियो र ड्रीबल गर्ने र व्यक्तिगत खेल खेल्ने गर्थे।

“अब उनले आफ्नो क्षेत्र विस्तार गरेका छन्, उनी एक गोलकर्ता पनि हुन् र अरूहरूको अवसर पनि सिर्जना गर्छन्। अब उनी यस्तो खेलाडी हुन् सलाई हामी ‘धनुष र वाण’ भन्न गर्छौ।

“उनले आफ्नो शस्त्रागार बढाएका ।”