बार्सिलोनाका लेजेन्ड तथा पुर्व मिड्फिल्डर जाभी हर्नान्डेजले बार्सिलोनाको प्रशिक्षक बन्नु उनको सपना रहेको तर हाल कतारको क्लब अल साद मै ध्यान भएको बताए ।
एट्लेटिको म्याड्रीडबिरुद्ध स्पेनिस कपको सेमिफाइनलमा हारे पछि बार्सिलोनाका प्रशिक्षक भाल्भर्डेलाई बर्खास्त गर्ने र उनको स्थानमा जाभी ल्याउने कुरा भइरहेको छ ।
सनिबार अल-सादलाई कतारी कपको फाइनलमा पुर्याउन सफल भएपछि जाभीले, ”म अस्विकार गर्दिन कि मेरो सपना एक दिन बार्सिलोनाको प्रशिक्षक बन्ने हो, मैले यो धेरै पटक अन्तर्वार्ताहरुमा पनि भनिसकेको छु,” भने ।
“सबैलाई थाहा छ कि म बार्सिलोनाको फ्यान हु र बार्सा मेरो मुटुमा सधै रहेको छ, तर अहिले मेरो पूरा ध्यान अल-सादमा रहेको छ ।”