बार्सिलोनामा नेमार र मेस्सीको साझेदारी यस्तो उत्कृष्ट थियो

नेमारले मेस्सी संग फेरी खेल्ने आफ्नो चाहना स्पष्ट गरेका छन् र दुई बीचको साझेदारी बार्सिलोनामा निकै उत्कृष्ट रहेको थियो। २०१३मा बार्सामा आउने बित्तिकै मेस्सी र उनि बीच निकै उत्कृष्ट साझेदारीको सिर्जना भएको थियो जसको फाइदा बार्साले धेरै पायो।

दुई बीच मैदान भित्र मात्र नभै मैदान बाहिर पनि राम्रो सम्बन्ध बनेको थियो। चार वर्षमा दुई बीच बार्सामा निकै उत्कृष्ट आक्रमणको समझदारी बनेको थियो यी गतिशील जोडीले सबै विपक्षी टिमलाई धेरै गार्हो बनाए।

बार्सामा मेस्सी, नेमार र सुआरेज अथवा एमएसएन साझेदारी निकै उत्कृष्ट रहेको थियो। एमएसएनको समयमा बार्साले ला लिगा शीर्षक, तीन कोपा डेल रे र एउटा च्याम्पियन्स लिग जितेका थिए भने तिन बीच ३६४ गोल र १७३ असिस्ट रहेको छ।

मेस्सी पिएसजी जान सक्ने चर्चाले नेमार र मेस्सीको साझेदारी फेरी बन्न सक्ने कुराबाट फ्यानहरु धेरै उत्साहित रहेका छन्।