युभेन्टसका मिडफिल्डर मिरालेम पजानिक प्रस्थान गर्दै बार्सिलोनामा सामेल हुन पाउँदा खुसी छन्।
पजानिक यस सीजनको अन्त्यमा बार्सा जाने छन् भने बार्साका आर्थर मेलोको युभेमा जाने छन् ।
“बार्सिलोना संसारकै सब भन्दा ठूलो क्लब हो र कुनै पनि फुटबलरका लागि त्यो क्लबमा खेल्ने धेरै ठुलो कुरा हुन्छ,” चार वर्षको बार्सा संग सम्झौतामा सहमत भएका पजानिकले भने।
“मेरो लागि यो सपना साकार भएको हो। म खुसी छु, गर्व गर्छु, मेरो लागि मात्र होइन मेरा आमा बुबा र सबै बोस्निया हर्जेगोविनाको लागि। म कहाँबाट आएको हुँ बिर्सने छैन।
३० बर्सका खेलाडीले भने “सफलता आफै आउँदैन ठूलो काम, प्रयास र विश्वासका साथ आउने गर्छ, जीवनमा तपाईले सबै चीज प्राप्त गर्न सक्नुहुन्छ, र यो प्रमाण हो।”