बार्सिलोनामा ग्रिजमनले १७ नम्बरको जर्सी लगाउने।

फ्रान्सका स्टार फरवार्ड एन्टोइन ग्रिजमनले बार्सिलोनामा १७ नम्बरको जर्सी लगाउने भएका छन्। एटलेटिको मैड्रिडबाट बार्सिलोना आएका ग्रिजमनले एटलेटिकोमा ७ नम्बरको जर्सी लगाउने गर्थे।


बार्सिलोनाले आइतबार ग्रिजमनले लागाउने जर्सी सार्वजनिक गर्दै उनलाई १७ नम्बरको जर्सी प्रदान गरिएको हो । ग्रिजमनले एट्लेटिको म्याड्रिडमा ७ नम्वरको जर्सी लगाउदै आएका थिए ।बार्सिलोनामा ७ नम्वर जर्सी ब्राजिली प्लेमेकर फिलिपे कौटिन्होलो लगाउदै आएका छन् ।

बार्सिलोनाले गत शुक्रबार एट्लेटिको मड्रिडबाट ग्रिजमनलाई बार्सिलोनाले ५ वर्षका लागि १ सय २० मिलियन युरोमा अनुबन्धन गर्दै आइतबार आधिकारिक रुपमा क्लबमा लाखौ समर्थकमाझ सार्वजनिक गरेको थियो ।

ग्रिजम्यान सन् २०१४ मा रियल सोसिडाडबाट एट्लेटिको मड्रिड गएका थिए । उनले २ सय ५६ खेलमा १ सय ३३ गोल गरेका थिए ।