“बार्सिलोनामा क्लब लेजेण्डहरुलाई फिर्ता गर्न उत्सुक छु”

बार्सिलोनाका अध्यक्षको उम्मेद्वार भिक्टर फन्ट अधिक क्लबका आईकनहरूलाई आफ्नो परियोजनामा संलग्न गर्न उत्सुक छन्।

फन्टले बताए कि उनी क्लबका लेजेण्डहरुलाई क्लबमा फिर्ता गर्न चाहन्छन र नयाँ प्रोजेक्टमा उक्त लेजेंधरुलाई सामेल गर्न चाहन्छन।

“हाम्रो अभिप्राय एकदमै कडा र प्रतिस्पर्धी खेल शैली निर्माण गर्ने हो र हामी बार्सिलोनामा अति भाग्यमानी छौं कि हामी संग यस्तो खेलको शैली छ जुन हामीले जोहान क्राइफबाट पाएका थियौं र उनले स्थापित गरेका थिए,” फन्टले स्काई स्पोर्ट्सलाई भने।

 

“यस शैलीको बारेमा जान्ने सबै भन्दा राम्रा पुर्व खेलाडीहरु पनि यो क्लबको फ्यानहरु हुन् र क्लबलाई प्रेम गर्दछन्, जस्तै पेप गार्डियोला, जाभि, एन्ड्रेस इनिएस्टा र कार्लस पुयोल। ति सबै बार्सिलोना माया गर्छन तर बार्सिलोनाका लागि आज काम गर्दैनन्। हामीले ति लेजेण्डहरुलाई ल्याउनु पर्छ। ति लेजेण्डहरुको फिर्ता सुनिश्चित गर्दै हामीले धेरै प्रतिस्पर्धी परियोजना बनाउनु पर्छ। “