बार्सिलोनाका नयाँ निर्वाचित अध्यक्ष जोन लापोर्टाले क्लबमा कोच रोनाल्ड कोम्यान भविष्यबारे बोलेका छन्। डच कोच क्लबको जिम्मेवारी जारी रहने उनले बताए भने कोम्यान माथि आफ्नो विश्वास रहेको उनले दाबी गरे।
President Laporta to Ronald Koeman: “You have the confidence of the board.”
— barcacentre (@barcacentre) March 17, 2021
लापोर्टाले बुधवार साँझ बार्सिलोनाका नयाँ अध्यक्ष रूपमा शपथ लिए। आफ्नो स्वीकृति भाषणमा, लापोर्टाले पहिलो टिमको कोचको रूपमा कोम्यानको पूर्ण समर्थन गरे।
“रोनाल्ड, तपाई माथि हाम्रो विश्वास छ,” उनले कोचलाई सम्बोधन गर्दै भने।
“हामी च्याम्पियन्स लिगमा इतिहास बनाउने बाटोमा फर्किन चाहन्छौँ, यस वर्ष हामी बाहिर पुगेका छौ तर लिगको उपाधि र कोपा डेल रे जित्ने प्रयास गर्नु आवश्यक छ।”
🗣️ Laporta to Koeman: “Ronald, you have our confidence. The team is improving and we will make every effort to have a super competitive team to win EVERYTHING.” pic.twitter.com/tzox2QVmrp
— infosfcb (@infosfcb) March 17, 2021
बार्सिलोनामा कोच रोनाल्ड कोम्यानको भविष्यबारे धेरै चर्चा रहेको छ। सो पदका धेरै जस्तो उम्मेदवारहरू कोम्यानको आलोचक थिए भने आफू अध्यक्ष बन्ने कोम्यानलाई बर्खास्त गर्ने पनि धेरैको दाबी रहेको थियो तर हाल बार्सिलोनाका नयाँ अध्यक्ष लापोर्टाले कोचको पूर्ण समर्थन गरेका छन्।