बार्सिलोनामा काउटिन्होको नम्बर ७ जर्सी अब ग्रिजम्यानलाई

बार्सिलोनामा अब नम्बर ७को जर्सी ग्रिजम्यानले लगाउने भएको छ सो नम्बर फिलिप काउटिन्होले लगाउने गरेको थियो।

एटलेटिको म्याड्रिडबाट बार्सा आउँदा उनले सो जर्सी लिन प्रयास गरेका थिए तर ला लिगले एउटै सिजनमा दुई पटक जर्सी नम्बर परिवर्तन गर्ने अनुमति दिँदैनन्।

सो समय उनले १७ नम्बरका जर्सी लगाएका थिए र हाल बार्साले उनलाई ७ नम्बरको जर्सी दिएको छ।

उनले सो जर्सी लगुना पाउनुलाई सोशल मिडियामा एक “सम्मान” रहेको भनेर लेखे। उनले सो जर्सी आफुलाई लगाउन दिएकोमा काउटिन्होलाई पनि धन्यबाद भने।