बार्सिलोनामा एमएसजीको युग सुरु, अर्थात् मेस्सी, स्वारेज र ग्रीजम्यान

अब आउने २०१९/२० को नयाँ सिजनमा बार्सिलोनामा ट्रियो फरवार्डको रुपमा हामीले एमएसजीलाई देख्नन पाहुने भएको छ। एमएसजी अर्थात् मेस्सी, स्वारेज र ग्रीजम्यान। शुत्रबारमात्र बार्सिलोनाले एथ्लेटिको मड्रिडबाट एन्टोनी ग्रीजम्यानलाई अनुबन्ध गरेको थियो। ग्रीजम्यान बार्सिलोना अनुबन्ध भएसँगै फरवार्ड पंक्तिमा मेस्सी, स्वारेज र ग्रीजम्यानको लाइनअप देखिने भएको हो।

एमएसजीको जन्म भएसँगै यतिबेला के यो फरवार्डले सय गोल पुरा गर्न सक्छ त भन्ने प्रश्न चिन्ह खडा भएको छ। गत सिजनमा मेस्सीले ४१ गोलगर्दा स्वारेजले ५९ गोल गरेका थिए। त्यसबेला ग्रीजम्यानले एथ्लेटिको मद्रिडबाट ३२ गोल गरेका थिए।

रोनाल्डीन्हो, इटो र मेस्सी (आरइएम), मेस्सी, स्वारेज र नेमार (एमएसएन) तथा मेस्सी, स्वारेज र डेम्बेलो (एमएसडी) पछि बार्सिलोनामा एमएसजीको युग सुरु भएको हो।