बार्सिलोनामा आफूलाई पुन: स्थापित गर्दै फिलिप काउटिन्हो

फिलिप काउटिन्होले यस सीजनमा बार्सिलोनामा आफूलाई पुन: स्थापित गरेका छन् र नयाँ कोच रोनाल्ड कोम्यानको नेतृत्वमा उनि नयाँ भूमिकामा राम्रो गर्दै छन्। सेल्टा भिगो बिरुद्धको ३-० जितमा उनि म्यान अफ द म्याच बनेका छन्।

काउटिन्हो यस गर्मीमा स्थायी रूपमा प्रस्थान गर्ने अपेक्षा गरिएको थियो तर उनको एजेन्टले यो स्थानान्तरण विन्डो पछि पनि उनि बार्सिलोनामै हुने छ भन्ने पुष्टि गरेको देखिन्छ र उनि बार्सामा आफ्नो नयाँ भूमिकाको विस्तृत वर्णनको साथ खुसी छन्।

ब्राजिलियनले स्टारले म्यूनिख संगको अन्तिम सिजनमा ३४ खेलमा ११ गोल गरे र हाल उनि बार्सा फर्किए पछि उनको प्रदर्शन निकै राम्रो रहेको छ र कोच कोम्यानले पनि उनि माथि विश्वास गरे पछि उनि बार्सामा आफुलाई पुन: स्थापित गर्न सफल हुने क्रममा देखिन्छ।

उनको खेल तथ्या .्क पनि सुधार भएको छ भिल्लेरियाल बिरुद्धको ४-०को जितमा उनले ४३ सफल पास गरे ४७को प्रयासमा उनले ३ सफल ड्रीबल पनि गरे।

भिल्लेरियाल बिरुद्धको खेलमा बार्साको दोस्रो गोलको लागि काउटिन्होले फातीलाई असिस्ट गरेका थिए भने सेल्टा भिगो बिरुद्धको ३-०को जितमा पनि उनले पहिलो गोलको लागि फातीलाई असिस्ट गरेका छन्।

लुइस सुआरेजको प्रस्थानले उनलाई क्लबमा नयाँ मौका दिएको छ जसको उनले आफ्नो प्रतिभा देखाउन राम्रो संग प्रयोग गर्दै छन् उनले बार्सामा आफूलाई एक स्टारको रूपमा स्थापित गर्ने मौका पाएका छन् र उनि सफल हुन सक्ने देखा परेको छ।