बार्सिलोनामा अनुबन्ध हुन रोमेउले आफै पैसा हालेको खुलासा

बार्सिलोनाका नयाँ खेलाडी ओरिओल रोमेउले क्लबमा अनुबन्ध हुन आफै पैसा राखेको खुलासा भएको छ ।

बुधबार बार्सिलोनाले गिरोनाबाट रोमेउ भित्र्याएको सार्वजनिक गरेको थियो । बार्साले उनलाई भित्र्याउन ४ मिकियन युरोमा मात्र ३.४ मिलियन युरो मात्र खर्चेको र बाकी रकम खेलाडी आफै राखेको बुझेको छ ।

गुन्डोगान, मार्टिजेन र रोक्यु पछि ३१ वर्षिय रोमेउ यस सिजन बार्सिलोनामा अनुबन्ध हुने चौथौ नयाँ खेलाडी हुन् ।

बार्साले रोमेउलाई सर्जियो बुस्केटको स्थानमा भित्र्याएको हो ।