बार्सिलोनामाथी आर्सनलले गर्यो ५ गोल

प्री सिजन अन्तर्गत अमेरिकामा भएको मैत्रीपुर्ण खेलमा बार्सिलोनाले आर्सनलबिरुद्ध हार बेहोरेको छ ।

८ गोल थ्रीलर खेलमा आर्सनलले पुनरागमन गर्दै ५-३ ले जित्न पुगेको हो ।

खेलको ७औं मिनेटमा रोबर्ट लेवान्डोस्कीले बार्सिलोनालाई अग्रता दिलाए ।

१३औं मिनेटमा आर्सनल बुकायो साकाको गोलसँगै बराबरीमा फर्कियो ।

३४औं मिनेटमा ब्राजिलियन राफिन्हाले बार्सिलोनालाई अघि बढाए ।

आर्सनलका लागि काइ हाभर्ट्जले पहिलो हाफको २ मिनेट बाँकी रहँदा गोल गर्दै खेल बराबरी गरे ।

लिआन्द्रो ट्रोसार्डके ५५औं मिनेटमा आर्सनललाई अघि बढाए ।

ट्रोसार्डले ७८औं मिनेटमा अग्रता दोब्बर पारे । किएरन टिएर्नीको क्रसमा पहिलो टचमा फिनिस गर्दै उनले आर्सनललाई ४-२ ले अघि बढाए ।

८८औं मिनेटमा बार्सिलोनाका फेरान टोरेसले गोल गरेपनि त्यसको एक मिनेट पछि नै फाबिओ भिएराले आर्सनलका लागि अर्को गोल थपे ।