बार्सिलोनाद्वारा मेस्सीको बैठकका लागि गरिएको प्रस्ताव अस्विकार

एजेन्सी । बार्सिलोनाका स्टार खेलाडी लियोनल मेस्सीले आफुलाई बार्सिलोना छोड्ने इच्छा भएको कुरा सार्वजनिक गरेलगतै सामाजिक सामाजिक संजालमा उनको सो कुराले निकै बहस चल्दै आएको छ । सोहि विषयमा छलफल गर्नका लागि मेस्सीले बार्सिलोनासँग बैठकका लागि प्रस्ताव राखेको थियो ।
तर बार्सिलोनाद्वारा मेस्सीको सो प्रस्ताव अस्विकार भएको छ ।
पछिल्लो पटक क्लवबाट बाहिर जाने योजना बनाइसकेका मेस्सीले अन्तिम पटक बोर्डसँग छलफल गर्नका लागि बैठकको प्रस्ताव राखेका थिए । तर बोर्डले उनीसँग कुनै बैठक नगर्ने बताएको छ । जसका कारण मेस्सीले अर्को विकल्प सोच्नुपर्ने भएको छ ।
मेस्सीको चाहना अनुसार क्लवले उनलाई फ्रि ट्रान्सफरमा रिलिज गरोस भन्ने चाहिरहेका छन । तर बार्सिलोनाले मेस्सीलाई कुनैपनि क्लवले सात सय मिलियन युरो रिलिज क्लज तिरेमा मात्र पठाउने बताइरहेको छ ।
यहि विषयमा बार्सिलोनासँगको बैठकका लागि मेस्सीको प्रस्ताव अस्विकार भएको छ । बार्सिलोना अझैपनि मेस्सीलाई बार्सिलोनामा नै बस्न चाहिरहेको छ । तर मेस्सीले अझैपनि बार्सिलोना छोड्ने चाहना परिवर्तन गरेका छैनन् । आइतबार मेस्सीले बार्सिलोनामा कोरोना परिक्षण गर्नेछन । त्यसपछि सोमबारबाट प्रशिक्षण गर्ने बताइएको छ ।