बार्सिलोना भित्र हाल धेरै अनिश्चितता र उदासिनता छ। क्लबले च्याम्पियन्स लिगमा बेहोरेको लजास्पद हार पछि क्लब भित्र सबै दु: खी रहेका छन्।
Barcelona aren’t happy with Ivan Rakitić’ celebration after Sevilla’s Europa League win yesterday. The Croatian was seen diving in a swimming pool after the final whistle. Barça think it was inappropriate to do that, just one week after the debacle against Bayern Munich. [md] pic.twitter.com/5Lq5qxRmUY
— barcacentre (@barcacentre) August 22, 2020
उक्त हार पछि बार्सा खेलाडीहरु सामाजिक संजाल र अन्य गतिविधिमा धेरै सक्रिय रहेका छैनन् तर इवान राकिटिकले हालै गरेको कार्यको कारण बार्सा खुसी नरहेको कुरा छ। युरोपा लिग फाइनलमा आफ्नो पूर्व क्लब सेभिल्लाको जित पछि उनि खुसी मनाउँदै भएको टेलिभिजन अन्तर्वार्तामा देखा परे। पूर्व सेभिल्ला कप्तानले प्रसारणको समयमा आफ्नो खुशी लुकाउन सकेनन र उत्सवको रूपमा पौंडीमा उफ्रँदै गरेको पनि देखिन्थ्यो।
💧¡OJO A LA IMAGEN!💧@ivanrakitic, jugador del BARÇA, se tira a la PISCINA con ROPA para CELEBRAR la SEXTA #UEL del @SevillaFC.
¿VOLVERÁ al PIZJUÁN? pic.twitter.com/HRQJktXlgh
— El Chiringuito TV (@elchiringuitotv) August 21, 2020
यो कार्यले क्लब भित्र उनको धेरै आलोचना भएको खबर छ। आफ्नो क्लबको ८-२को लजास्पद हार पछि पुर्व क्लबको जितमा सार्वजनिक रुपमा सो शैलीमा खुसी मनाएको कुरा असंवेदनशील र अनुपयुक्त रहेको क्लबको विश्वास रहेको भन्ने कुरा छ।
🔵🔴 Barcelona will look to sell the following players this summer:
Neto, Nelson Semedo, Luis Suarez, Dembele, Jordi Alba, Arturo Vidal, Ivan Rakitic, Sergi Roberto and Samuel Umtiti. [AS] pic.twitter.com/PYJHuVlGRz
— PF | Transfer News (@PurelyFootball) August 18, 2020
उनको क्यारियर बार्सामा धेरै समय देखि अनिश्चित रहेको थियो र हालैको उनको कार्यले क्लबलाई राम्रो नलागेको खबर छ उनको बार्सा भविष्य के हुने भनेर अझै निश्चित छैन। क्लबले उनलाई बेच्न प्रयास गर्ने खबर रहेको छ भने उनि स्पेनमै आफ्नो क्यारियर जारी राख्न चाहन्छन्।