‘बार्सिलोनाको साथमा ला लिगा, कोपा डेल रे र च्याम्पियन्स लिग जित्नु छ’ – ग्रिजमन

स्पेनको क्लब बार्सिलोनाले स्टार खेलाडी एन्टोइन ग्रिजमनलाई अनुबन्ध गरेको छ । एट्लेटिको म्याड्रिडका फरवार्ड बार्सिलोनाले ग्रिजमनलाई १०८ मिलियन पाउन्डमा ५ वर्षको लागि अनुबन्ध गरेको हो ।


ग्रिजमनलाई आधिकारिक रुपमा बार्सिलोनाले सोमबार सार्वजनिक गरेको छ । बार्सिलोनाले नोउक्याम्पमा २८ वर्षया ग्रिजमनलाई लाखौ दर्शकमाझ सार्वजनिक गरेको हो ।

अब विश्वका उत्कृष्ट खेलाडीको जमघट रहेको बार्सिलोनामा लियोनल मेस्सी र लुइस स्वारेजसँग आफ्नो क्षमता देखाउनुपर्नेछ । उनले आधुनिक फुटबलका हस्ती लियोनेल मेस्सीसँगै बार्सिलोनाबाट खेल्न पाउनुमा निकै उत्साहित रहेको बताएका छन् ।

उनले बार्सिलाेनामा आफूलाई चुनैति रहेकाे पनि बताए । उनले भने, ‘म धेरै खुशी छु । म यहाँ नयाँ सहयात्री र टिमसँगै रहेर क्लबको लागि त्याग गर्न सक्छु, नयाँ क्लबमा पक्कै पनि मलाई यहाँ चुनौती छ । यो चुनौती सामना गर्न तयार छु ।’

उनले क्लबको लक्ष्य ला लिगा, कोपा डेल रे र च्याम्पियन्स लिग जित्नु भएकाे र त्यसैका समर्पित हुने पनि बताए ।

ग्रिजमनका वकिलले ला लिगाको मुख्यालयमा शुक्रबार सम्झौतामा तोकिएअनुसारको रिलिज क्लज बराबरको रकम तिरेपछि लामो समयदेखि ग्रिजमनको बार्सिलोना जाने प्रक्रिया पूरा भएको थियो ।

गएकाे सिजन पनि बार्सिलोनामा अनुबन्धका लागि निकै नजिक पुगेर अन्तिममा चुकेका उनलाई अनुबन्ध गर्न बार्सिलोनाले यो सिजन निकै कसरत गरेको थियो ।

यसअघि बार्सिलोनाले ग्रिजमनको रिलिज क्लजको रकम किस्ताबन्दीमा तिर्ने प्रस्ताव राख्दा एटलेटिकोले निराशा व्यक्त गर्दै विज्ञप्ति नै जारि गरेको थियो । शुक्रबर रिलिज क्लब तिरेपछि बार्सिलोनाले ग्रिजमनलाई अनुबन्ध गर्न सबै बाधा फुकेको थियो ।