लुइस सुआरेजले दावी गरेका छन् कि बार्सिलोनाले उनलाई अन्तिम हप्तामा क्लबमा गरेको व्यवहारको कारण उनले आफ्नो आँसु थाम्न नसकेका थिए र क्लबले उनलाई प्रशिक्षणमा पनि भाग लिन अनुमति नदिएको उनले बताए।
“The way they did things was not right.”
Luis Suarez says he cried over the way he was treated by Barcelona before he left for Atletico Madrid.
Full story: https://t.co/rBqD5iE9YD pic.twitter.com/WL3FLt6tqt
— BBC Sport (@BBCSport) October 9, 2020
गत महिना लुइस सुआरेज बार्साबाट एलेटिको म्याड्रिड जान बाध्य भएका थिए, १९८ गोलको साथ क्लबका तेस्रो शीर्ष स्कोरर बन्न सफल भए पनि उनलाई बार्साले निकै अप्रिय रुपमा क्लबबाट बाहिर गरे।
क्लबमा आफ्नो अन्तिम समय बारे सुआरेजले बोलेका छन्।
“ती दिनहरू मेरो लागि अति गाह्रो थियो। मैले यो कुरा भोग्नु परेको कारणले गर्दा म रोएँ। ” लुइस सुआरेजले उरुग्वेको विश्व कप क्वालिफायरको खेल पछि बताए।
“मैले क्लबको सन्देश अस्वीकार गरे क्लबका अनुसार उनीहरु मेरो लागि समाधान खोज्दै थिए ताकि चीजहरू राम्ररी मिलोस। तर क्लबले गरेको व्यवहारले मलाई चोट पुर्यायो किनकि एउटा चक्रको अन्त हुँदा यसलाई स्वीकार्नुपर्दछ र म पनि तयारनै थिए ।”
Luis Suarez has said he was reduced to tears by Barcelona’s treatment of him in his final weeks at the club before leaving for La Liga rivals Atletico Madrid.
— Sky Sports (@SkySports) October 9, 2020
“सबैलाई थाहा छैन के भएको थियो तर सबैभन्दा खराब कुरा तालिममा थियो र मलाई प्रशिक्षणमा फरक समूहमा राखे अनि मलाई अभ्यास खेलहरू खेल्न पनि अनुमति थिएन।
“मेरी श्रीमतीले म कत्ति निराश भएको देख्न सक्थें र उनी मलाई फेरि हाँसेको हेर्न चाहन्छिन् र जब एलेटिकोमा सम्मिलित हुने मौका आयो मलाई कुनै शंका थिएन।
“Those days were very difficult. I cried because of what I was having to go through.”
Luis Suarez was not happy with the way FC Barcelona treated him before his move to Atletico Madrid.
Full story ➡️ https://t.co/iPLzogAywa pic.twitter.com/6aQj75Jbzh
— Kick Off (@KickOffMagazine) October 9, 2020
“मलाई अचम्म लागेन जब मेस्सीले सार्वजनिक रूपमा मेरो समर्थन गरे किनभने म उहाँलाई राम्ररी चिन्छु,” सुआरेजले थपे। “मैले कस्तो पीडा भोग्नुपर्यो भनेर उनलाई थाहा थियो, मलाई निकालिदेएको छ भन्ने भावनाले मलाई सबैभन्दा धेरै चोट पुर्यायो। उनीहरूको काम गर्ने तरिका सही थिएन र लियोलाई थाहा छ कि म र मेरो परिवारले कसरी दु: ख भोग्यो। ”