बार्सिलोनाको ‘लियोनेल मेस्सी नियम’ जुन हरेक बार्सा खेलाडीहरुले मान्नु पर्छ

मेस्सी बार्सिलोनाको लागि निकै महत्त्वपूर्ण खेलाडी हुन् र उनलाई केहि चोट परे क्लब र टिमलाई ठुलो नोक्सान हुन सक्छ
जसको कारण बार्साले आफ्नो सुपरस्टारको सुरक्षाको लागि निकै महत्त्वपूर्ण नियम बनाएको छ।

बार्साका खेलाडीहरुका अनुसार बार्सिलोनाका खेलाडीहरूलाई प्रशिक्षणमा लियोनेल मेस्सी कडा ट्याकल गर्न प्रतिबन्ध लगाइएको छ।

जीन-क्लेयर तोडीबो, जसले जर्मनीको क्लबमा बार्साबाट गत सिजन लोनमा बिताए, ६ पटकका बलोन डि’ओर विजेतासँग प्रशिक्षणको बारेमा कुरा गरे।

“हामी सबैलाई थाहा थियो कि उनी घाइते हुन सक्दैनन्,” तोडिबोले जर्मन प्रकाशन बिल्ड प्रति मार्कालाई भने:

“बार्साले मेस्सीलाई प्रशिक्षणमा धेरै होशियारीका साथ रक्षा दिने गरेको छ ।

“मैले मेस्सीबाट धेरै कुरा सिकेँ र मैले उनलाई केहि पटक ट्याकल पनि गरे, तर उनलाई चोट नपु l्याउनमा होसियार थिएँ।”

क्याटलन क्लबले आफ्नो सुपरस्टारलाई जोगाउन निकै मिहिनेत गरेको देख्न सकिन्छ पक्कै पनि उनि बार्साको मात्र नभएर फुटबलको सुपरस्टार हुन् र उनलाई चोटबाट जोगाउन बार्साले महत्त्वपूर्ण नियम बनाएको छ।

NepMag Sports a subsidiary of NepMag Network. We post latest, informative, and entertaining sports-related articles for you to read! We will keep you updated with the most recent articles about scores, fixtures, rumors, and facts about the sports from all around the world!