बार्सिलोनाको ला लिगा सिजन हारबाट सुरुआत, बिल्बाओसँग स्तब्ध

ला लिगाको पहिलो खेलमा गत सिजन लिग विजेता बार्सिलोना हारेको छ। बार्सिलोनालाई एथ्लेटिक बिल्बाओले पहिलो खेलमै १-० ले स्तब्ध बनायो।

शनिबार बिहान भएको उद्घाटन खेलमा घरेलु टोली बिल्बाओले उत्कृष्ट प्रदर्शण गरेको थियो। बार्सिलोनाका कप्तान लिओनल मेस्सीबिनै मैदान उत्रिएको थियो। चोटका कारण उनी खेल्न सकेन्।

निकै प्रतिस्पर्धात्मक खेलमा बार्सिलोनाले अन्तिम समयमा गोल खान पुग्यो। खेलको ८८औं मिनेटमा बिल्बोओले गोल हान्न सफल भए। उनका लागि आर्टिज अडुरिजले ओभर हेड किकमार्फत् दर्शनीय गोल गरेका थिए ।

गोल सगैँ बिल्बाओले सिजनको पहिलो खेल जिते र ३ अंक जोड्न सफल भयो।

यो खेलमा पहिलो हाफमा लुइस स्वारेज पनि चोटका कारण मैदान छाड्न पर्यो।