बार्सिलोनाका अध्यक्ष उम्मेद्वार भिक्टर फन्टले बार्सिलोनाको कोचको रुपमा आफुले जावी छनोट गर्ने बताए।
बार्सामा नयाँ कोचको रुपमा क्लोपलाई साइन गर्न पर्ने धेरै धेरैको सुझाव रहेको छ भने अध्यक्ष उम्मेद्वार भिक्टर फन्टले भने आफु अध्यक्ष बने क्लबको लेजेण्ड जावी हर्नान्डेजलाई कोच बनाउने दाबी गरे।
फन्टले बताए, “जावीले बार्साको काममा भाग लिए भने? यो सहि हुने छ, र उनले आफैले पनि भनेका छन्। हामीसँग व्यक्तिगत सम्बन्ध छ र विगत ५ बर्षदेखि क्लबको खेलकुद आवश्यकताहरूबारे हाम्रो विचारहरू साझा रहेको छ।
“उनले हाम्रो केही कामको निरीक्षण गरे। यसको मतलब यो होइन कि यदि हामीले जित्यौं भने जावी म संग सामेल हुने छ। तर हामी उनिमा विश्वास गर्छौं जुन अरु कसैले पनि गरेका छैनन् ।
“कोही भन्छन् कि उनीसंग कुनै अनुभव छैन र उनले बी लाई तालिम दिनु पर्छ, अरुले क्लोपलाई प्राथमिकता दिन्छन् … तर मेरो विचारमा जावी बार्साको लागि उत्कृष्ट हुनेछन् “