बार्सिलोनाको रियल सोसिडाड माथी कठिन जित

ला लिगा फुटबलमा डिफेन्डिङ च्याम्पियन बार्सिलोनाले लगातार चौथो जित निकालेको छ । शनिबार भएको खेलमा रियल सोसिडाडलाई २ – १ ले हराएर बार्सिलोनाले अपराजित यात्रा कायम राखेको हो । रियल सोसिडाडको मैदानमा बार्सिलोनाले सुरुवाती अग्रता उल्टाएर जित निकालेको हो ।

बार्सिलोनाको जितमा लुइस स्वारेज र ओसुमाने डेम्बेलेले एक एक गोल गरे । सोसिडाडका आरिट्ज एलिसटोन्डोले एक गोल गरे । जितसंगै बार्सिलोनाले ४ खेलबाट १२ अंक जोडेको छ । बार्सिलोना शीर्ष स्थानमा यथावत रहेको छ । सोसिडाडको ४ खेलबाट ४ अंक छ ।