बार्सिलोनाको युवा खेलाडी माथि एट्लेटिको म्याड्रिडको नजर

एजेन्सी, बार्सिलोनाका युवा खेलाडी रिकुइ पुइगलाई एट्लेटिको म्याड्रिडले भित्र्याउन खोजेको समाचार अघि आएको छ। रिपोर्टका अनुसार एट्लेटिको म्याड्रिडका प्रशिक्षक डिएगो सिमियोनीले आफ्नो टोलिमा नयाँ प्रतिभा भित्र्याउन चाहेकाले उनको नजर बर्सिलोनाका युवा मिड्फिल्डर रिकुइ पुइगमाथी परेको हो।
रिपोर्टका अनुसार पुइग २०२३ सम्मका लागि बर्सिलोनामा अनुबन्धित छन् भने उनको ट्रान्सर्फर रकम पनि टोकिएको छैन। पुइगले बर्सोलोनामा पर्याप्त खेल समय पाउन नसकेको कारण उनले स्थायी रूपमा भन्दा लोनमा बार्सिलोना छाड्न सक्ने सम्भावना बढी देखिन्छ।

२१ वर्षका स्पेनीस मिड्फिल्डर पुइग बर्सिलोनाको एकेडेमी ला मासियाबाट उक्लदै बर्सिलोनाको सिनियर टिम सम्म पुगेका हुन।सन् २०१९ मा ला लिगामा डेब्यु गरेका पुइगले बार्सिलोनाका लागि ३९ खेलमा एक गोल गरेका छन्।