बार्सिलोनाको मेडिकल विभागलाई परिवर्तन गर्ने जाभीको योजना 

बार्सिलोनाका नयाँ प्रशिक्षक जाभीको योजना क्लबको मेडिकल डिपार्टमेन्टलाई सुधार गर्ने रहेको खबर छ। खबर अनुसार जाभीले क्लबको चोट समस्यामा आफ्नो असन्तुष्टि देखाएका छन् र क्लबमा मेडिकल विभागको भूमिकामा परिवर्तन गर्ने उनको योजना रहेको जानकारी छ।

हाल बार्सामा धेरै चोटको समस्या रहेको छ भने धेरै महत्त्वपूर्ण खेलाडीहरू चोटको कारण मैदान बाहिर हुँदा बार्सालाई निकै गाह्रो भएको छ भने जाभी हालको मेडिकल टिमबाट सन्तुष्ट नरहेको सन्तुष्ट छ र उक्त विभागका प्रमुख रामन क्यानलले आफ्नो पद छाडेको खबर छ ।

उक्त कुरा ’bout बार्सिलोनाले अहिलेसम्म आधिकारिक धारणा सार्वजनिक गरेको छैन । क्यानल क्लबमा चिकित्सा सेवाहरू, विश्लेषकहरू र फिटनेस कोचहरूको इन-चार्ज थिए,। उनको काम धेरै प्रश्नमा थियो, विशेष गरी मांसपेशी चोटहरूको शृङ्खला र टोलीको शारीरिक गिरावटको को कारण सेल्टा भिगो विरुद्धको खेलको दोस्रो हाफमा खेलाडीहरूको फिटनेसको ’bout धेरै प्रश्न भएको थियो।

क्यानलको प्रस्थान पछि जाभीले रामोन प्रुनालाईलाई नियुक्ति गर्न सक्ने खबर छ। जाभी प्रुनाको ठुलो फ्यान हुन्, जाभीले उनी सँग संयुक्त अरब इमिरेट्समा काम गरेका थिए।