बार्सिलोनाको मुख्य लक्ष्य च्याम्पियन्स लिग

बार्सिलोनाका टेरे स्तेगेनका अनुसार २०१९ सालमा धेरै उतार चदाव रहयो भनेर फिफाको वेबसाईटमा अन्तर्वाता दिए। उन्ले बार्सिलोनाबाट ला लिगा जिते भने जर्मनीबाट युरो कपको यात्रा तय गरे। यधपी, च्याम्पियन्स लिगको सेमीफाईनलबाट बाहिरिनु र कोपा डेल रेको फाईनलमा हार बेहोर्नु एउटा निराशाजनक क्षण रहयो।

“यो बर्ष धेरै उतार चदावको बर्ष थियो, प्रायजसो हुने गर्छ, उनले भने। “पक्कै पनि, दुबै [बार्सिलोना] र म सँधै सकेसम्म सफल हुन कोशिस गर्छौ। हामीले धेरै खेलहरू जित्यौं तर दुर्भाग्यवश च्याम्पियन्स लिग फाइनलमा पुग्न सकेनौं। तथापि, मलाई लाग्छ कि टिमको रूपमा हाम्रो राम्रो बर्ष रहयो। ”

जर्मन गोलरक्षकका अनुसार, “बार्शाले सधैं सुधार गर्न कोशिस गर्छन्। गत सिजनमा हामीले लिग जित्यौं र धेरै महत्वाकांक्षी लक्ष्यहरू पनि थियो। तपाईंलाई कहिले पनि के हुन्छ थाहा हुन्न, यद्यपि मलाई लाग्छ कि हामीले यसबाट धेरै अनुभव लियौं र भएका घटनाहरूबाट पाठ सिक्यौ।”

टेर स्टेगेन स्वीकार्छन् यस बर्ष च्याम्पियन्स लिग जित्नु मुख्य उद्देश्य रहेको छ। उनले थपे: “हो, सँधै, हरेक बर्ष। यो उत्तर दिन सजिलो प्रश्न हो। यस क्लबमा हामी जहिले पनि हरेक उपाधीको लागि लड्छौ। प्रत्येक सबै उपाधी महत्वोपूर्ण छ र च्याम्पियन्स लिग पनि हो।