‘बार्सिलोनाको भन्दा हाम्रो मात्र एक अंक कम छ, त्यै पनि बार्सा ला लिगाको शीर्ष स्थानमा छ’

म्यान्चेस्टर सिटीका प्रशिक्षक पेप गार्डियोलाले आफ्नो टिम सिटीको बार्सिलोनाको भन्दा मात्र एक अंक कम भएको र त्यसको बाबजुद पनि बार्सा ला लिगामा शीर्ष स्थानमा रहेको बताए ।

गार्डियोलाको म्यान्चेस्टर सिटी लिभरपुल भन्दा ११ अंक तल रहदा पनि उनी बार्सिलोनाको उदाहरण दिदै आफ्नो टिमलाई बचाउ गर्न खोजे ।

“हाम्रो बार्सिलोनाको भन्दा मात्र एक अंक कम रहेको छ, त्यै पनि बार्सिलोना भने शीर्ष स्थानमा रहेको छ,” लेस्टर सिटीबिरुद्ध जिते पछि पेप गार्डियोलाले भने ।

“तर समस्या कहाँ रहेको छ भन्दा यहाँ हामी भन्दा एउटा टिम (लिभरपुल) छ जो १७ खेलमा १६ मा जित र एकमा बराबरी गर्न सफल छ ।

“हामीले लिभरपुललाई बधाई दिनु पर्छ ।

“हामी खेल हार्छौ, अंक गुमाउछौ तर हामी कहिल्यै हाम्रो खेल्ने शैली गुमाउदैनौं, गार्डियोलाले भने ।