बार्सिलोनाको फेरि अर्को हार

ला लिगामा बार्सिलोना फेरि पराजित भएको छ ।

बुधबार राति भएको खेलमा बार्सिलोना रायो भालेकानोसँग १-० गोल अन्तरले पराजित भएको हो ।

भालेकानोको जितमा राडमेल फाल्काओले निर्णायक गोल गरे ।

उनले खेलको ३० औं मिनेटमा निर्णायक गोल गरेका थिए ।

खेलको दोस्रो हाफमा बार्सिलोनाले बराबरी गोल फर्काउने अवसर पाएको थियो ।

तर,७२ औं मिनेटमा मेम्फिस डिपेले पेनाल्टीमा गोल गर्न सकेनन् ।

उनको प्रहार भालेकानोका गोलकिपर स्टोलले बचाएका थिए ।

यस जितसँगै भालेकानोले ११ खेलमा १९ अंक जोडेको छ ।

भालेकानो पाँचौं स्थानमा उक्लिएको छ ।

बार्सिलोना १५ अंक जोडेर नवौं स्थानमा रहेको छ ।