बार्सिलोनाको प्रि-सिजन मैत्रीपुर्ण खेल तालिका सार्वजनिक

एजेन्सी, बार्सिलोनाले प्रि-सिजनमा रेड बुल साल्स्बर्गसंग मैत्रीपुर्ण खेल खेल्ने भएको छ । उक्त खेल अगष्ट ४, साल्स्बर्गको घरेलु मैदान रेड बुल एरिनामा हुनेछ।

रोनाल्ड कोम्यानको टोलिले जुलाइ २४ मा गिरोना , जुलाइ ३१ स्ट्टगार्डसंग खेल्ने छ ।

बार्सिलोनाले गए राती टारागोनाविरुद्धको पहिलो मैत्रीपुर्ण खेलमा सहज जित निकाले । बार्सिलोनाले अर्को खेल गिरोनासंग खेल्दै छ ।

बार्सिलोनाले गिरोनविरुद्ध क्याटालोनियामा खेल्दै छ । त्यस, लगतै टोलि जर्मनीको लागि प्रस्थान गर्ने छ ।

स्ट्टगार्डविरुद्ध खेले पछि साल्स्बर्गको लागि निस्किने छ । रेड बुल साल्स्बर्गविरुद्ध अग्ष्ट ४ मा खेल्ने तालिका रहेको छ ।

बार्सिलोनाको प्रि-सिजन यात्रा पछि बार्सिलोना फर्किने कार्यक्रम रहेको छ र ला लिगाको तयारीमा जुट्ने छ ।