बार्सिलोनाको प्रस्ताव अस्विकारदै डि लिग्ट युभेन्टस जाने पक्का

इटालीमा स्काईको अनुसार, आयाकसका युवा डिफेन्डर म्याथिस डि लिग्टले युभेनट्स रोजेका छन् ।

१९ बर्षिए खेलाडीले नेसन्स लिग पछि आफ्नो भबिस्य बारे निर्णय लिने बताएका थिए । म्यान्चेस्टर युनाइटेड, बार्सिलोना र पिएसजी जस्ता क्लबहरु उनलाई भित्र्याउन खोजी रहेको थियो ।

तथापि, स्काई इटालीका अनुसार, नेदरल्यान्ड्सका सेन्ट्रल-डिफेन्डरले सिरि ए च्याम्पियन युभेन्टस जाने निर्णय गरेको छ।

त्यसै गरि युभेन्ट्सका नया प्रशिक्षक सारिको पहिलो साइनिग डि लिग्ट हुने लगभग पक्का भएको छ ।