“बार्सिलोनाको प्रदर्शन मान्छेहरुले सोचे जस्तो खराब भएको छैन”

फ्रेन्की डी जोंगले क्याटालोनियामा जीवनको आशादायी शुरुआत गरेका छन्, तर बार्सिलोनाको क्याम्प नाउमा बोरसिया डार्टमन्डसँगको भेट हुनु अघि, उनले बार्सिलोनाको प्रदर्शनको आलोचनाको चर्चा गरेका छन्।

बार्सिलोना हाल लालिगा सान्तेन्डरको शीर्ष स्थानमा छ र च्याम्पियन्स लिग समूहको नेतृत्व गरिरहेका छन, यद्यपि क्लबको प्रदर्शनमा ड्रप भएको देखिन्छ जस्तो कि विजयको बावजुद सप्ताहन्तमा लेगनेसको बिरूद्ध प्रमाणित गरिएको थियो।

“स्पष्टतः हामीलाई थाहा छ हामी केमा सुधार गर्न सक्दछौं,” डी जोंगलेले बार्सिलोनाको प्री-म्याच प्रेस सम्मेलनमा भने।

“हामी धेरै मेहनत गरिरहेका छौं, त्यहाँ कुनै खेल छैन जहाँ हामीले गल्ती गरेका छैनौं।

“मैले भनेजस्तै, हामी अझ राम्रो हुन सक्छौं। हामी यति खराब खेलिरहेका छैनौं, जस्तो धेरै मान्छेरूले सोच्दछन्।”