बार्सिलोनाको नजर बेनिफिकाका लेफ्ट ब्याकमा

ला लिगा क्लब बार्सिलोना हाल नयाँ लेफ्ट ब्याकको खोजीमा रहेको खबर छ भने बार्साको नजर बेनिफिकाका एलेक्स ग्रिमाल्डोमा रहेको जानकारी छ। एलेक्स ग्रिमाल्डोको खेल पोर्चुगजी क्लबमा निकै राम्रो रहेको छ र बार्साका कोच रोनाल्ड कोम्यान उनलाई साइन गर्न इच्छुक रहेको खबर छ।

एलेक्स ग्रिमाल्डो बार्साकै ला मासियाका उत्पादन हुन्। उनले स्पेनको यु-२१ राष्ट्रिय टिममा खेले पनि हाल उनले पोर्चुगलको राष्ट्रिय टिमबाट खेल्ने निर्णय लिएका छन्।

२५ वर्षका लेफ्ट ब्याकको सम्झौता बेनिफिका सँग २०२३ सम्म रहेको छ र उनलाई बेच्न बेनिफिका खुल्ला हुन सक्ने खबर रहेको छ। उनको लागि बेनिफिकाले २० मिलियन युरो माग्न सक्ने कुरा रहेको छ।

एलेक्स ग्रिमाल्डो बार्साकै ला मासियाका उत्पादन हुन्। उनले २००८मा बार्सा जोइन गरेका थिए भने २०११मा १५ वर्षको उमेरमा ‘बार्सा बी’ बाट उनले आफ्नो पहिलो खेल खेलेका थिए।

सिनियर स्तरमा नियमित फुटबलको खोजीमा उनले २०१५मा ‘बार्सा बी’ छोडेका थिए र उनी बेनिफिकामा आएका थिए। हाल खबर अनुसार उनलाई साइन गर्न बार्सा इच्छुक रहेको छ।