बार्सिलोनाको नजर इटालियन फर्वार्ड माथी

एजेन्सी, यो ट्रान्सफर सिजन इटालियन क्लब नापोलीका स्टार फर्वार्ड लोरेन्जो इन्सिन्यालाई बार्सिलोनाले भित्र्याउन सक्ने सम्भावना रहेको छ। रिपोर्टका अनुसार बार्सिलोनाको नजर ३० वर्षका इटालियन फर्वार्ड इन्सिन्या माथी रहेको छ।

इन्सिन्या २०२२ सम्म मात्र नापोलीमा अनुबन्ध रहेकाले र त्यसपछि फ्री ट्रान्सफरमा अर्को क्लब जान सक्ने हुँदा नापोलीले यस ट्रान्सफर सिजन उनलाई बेच्न खोज्ने सम्भावना रहेको छ। रिपोर्टका अनुसार बार्सोलोनाका साथसाथै अन्य केही क्लबहरुको नजर पनि उनी माथी रहेको छ।
३० वर्षका इटालियन फर्वार्ड इन्सिन्याले आफ्नो राष्ट्रिय टोलिका लागि ४३ खेल खेल्नुका साथै ९ गोल पनि गरेका छन्। नापोलिका लागि भने उनले कुल ३९७ खेल खेलेका छन् जस्मा उनले १०९ गोल गरेका छन्।