म्यान्चेस्टर युनाइटेडका मिड्फिल्डर बार्सिलोनाको नजरमा

एजेन्सी, इङलिस क्लब म्यान्चेस्टर युनाइटेडका मिड्फिल्डर डनि भ्यान डे बिक बार्सिलोनाको नजरमा परेका छन्। रिपोर्टका अनुसार बार्सिलोना २४ वर्षका भ्यान डे बिकलाई लोनमा अनुबन्ध गर्ने चाहन्छन्।

२४ वर्षका डच मिडफिल्डर भ्यान डे बिक गत वर्ष नै करिब ३५ मिलियन पाउन्डमा युनाइटेडमा अनुबन्ध भएका थिए। युनाइटेडको जर्सीमा उनले पर्याप्त खेल समय भने पाउन सकेका छैनन्। उनले युनाइटेडका लागि ३६ खेल खेलेका छन्। बार्सिलोनाको आर्थिक अवस्था कम्जोर रहेका कारण बार्सिलोनाले उनलाई लोनमा भित्र्याउन चाहेको भनिएको छ।
भ्यान डे बिकका साथसाथै बार्सिलोना अर्का मिड्फिल्डर रेनाटो स्यान्चेज र सौल निगेज भित्र्याउन पनि इच्छुक भनिएको थियो। हालै बार्सिलोना र अट्लेटिको मड्रिड बिचको निगेज पठाइ ग्रिज्म्यान भित्र्याउने योजना टुटेको भनिएको छ।