बार्सिलोनाको थप ३ खेलाडीहरु बेच्ने कोम्यानको योजना

बार्सिलोना कोच रोनाल्ड कोम्यान ग्रीष्म बजार बन्द हुनु अघि आफ्नो थप तीन खेलाडीहरू अफलोड गर्न चाहन्छन्।

उनको नियुक्ति भएदेखि, कोम्यानले आर्थर, इवान राकिटिक, आर्टुरो भिडाल, लुइस सुआरेज, नेल्सन सेमेडो र मौसा वैगको बिक्रीको निरीक्षण गरिसकेका छन्।

र मुन्डो डिपोर्टिभोका अनुसार उनको क्लियरआउट अझै सकिएको छैन। डच कोच हाल रफिन्हा, कार्लस एलेना र रिकी पुजलाई पनि आउने दिनमा अफलोड गर्न तयार रहेका छन्। उनले आफ्नो मिडफील्डमा परिवर्तन गर्नेमा प्राथमिकता दिने कुरा छ।

यद्यपि स्ट्राइकर मार्टिन ब्रेथवेट र डिफेन्सिका जोडी सामुअल उम्टिटी र जीन-क्लेयर तोडीबोलाई क्लबमा मौका दिन तयार छन् तर क्लबमा ति खेलाडीहरुको ठाउँ स्पष्ट नरहेको र प्रस्ताव आए बेच्न सक्ने कुरा छ। ।

पुज बाहेक, कोम्यानले माथि उल्लिखित सबै नामहरूको बिक्रीलाई अनुमोदन गरेका छन् ।