बार्सिलोनाको टोटेनह्याम माथी सान्दार जित, मेस्सीले गरे दुई गोल

ईंग्लिश टोलि टोटेनह्यामको घरेलु मैदानमा भएको च्याम्पियन्स लिग समूह चरणको खेलमा बार्सिलोनाले ४-२ को जित निकालेको छ। बार्सिलोनाका लागि मेस्सीले दुई गोल गरे।
भ्रमणकारी बार्सिलोनाले खेलको दोस्रो मिनेटमा फिलिप कौटिन्होको गोलमा अग्रता लियो। २८ औं मिनेटमा इभान राकिटिकले उत्कृष्ट गोल गर्दै पहिलो हाफमा बार्सिलोनालाई २-० को अग्रता दिलाए ।

दोस्रो हाफमा ह्यारी केनले ५२ औं मिनेटमा घरेलु टोलीका लागि गोल गर्दै अन्तर कम गरेपनि लियोनल मेस्सीले ५६ औं मिनेटमा बार्सिलोनालाई ३-१ को अग्रतामा पुर्याए। रोमाञ्चक खेलमा स्पर्सका लागि एरिक लामेलाले ६६ औं मिनेटमा गोल गर्दै स्पर्सलाई खेलमा फर्काउने प्रयास गरे। खेलको अन्तिम मिनेटमा मेस्सीले पुनः गोल गर्दै बार्सिलोनाको जित सुनिश्चित गरे ।