बार्सिलोनाको गोलकिपर बोर्नमाउथमा

एजेन्सी । एएफसी बोर्नमाउथले बार्सिलोनाका गोलकिपर नेटोलाई अनुबन्धित गरेको छ । बोर्नमाउथले नेटोलाई फ्रि–ट्रान्सफरमा अनुबन्ध गरिएको जनाएको छ ।

अनुभवी ब्राजिलियन किपरले चेरिजमा १२ महिनाको सम्झौता गरेको हो ।

नेटो क्लबमा अनुबन्ध हुने चौथो खेलाडी बनेको छ । जो रोथ्वेल, रायन फेड्रिक र मार्कुस टाभेनोयरलाई बोर्नमाउथले अनुबन्ध गरिसकेको छ ।

ब्राजिलको लागि २०१८ मा एक खेलको अनुभव बाटुलिसकेको नेटोले भ्यालेन्सिया र बार्सिलोनाबाट कोपा डेल रे उपाधी जितेको थियो ।

त्यस्तै, स्ट्राइकर ढोमिनिक सोलान्के र लेविस कुकले क्लबसंग नयाँ सम्झौता समेत गरेको छ ।