बार्सिलोनाको गोलकिपर जेस्पर सिलेस्सेन भ्यालेन्सियामा अनुबन्धित

बार्सिलोना तथा होल्यान्डका गोलरक्षक जेस्पर सिलेस्सेन भ्यालेन्सियामा अनुबन्धित भएको छ । त्यसै गरि भ्यालेन्सियाको गोलकिपर नेटो भने बार्सिलोनामा आउने छ ।

पहिलो रोजाईका गोलकिपर टर स्टेगनको बैकल्पिक खेलाडीको रुपमा रहदै आएका जेस्पर सिलेस्सेनले खेल समयको कमिले बार्सिलोना छाडेको हो ।

बार्सिलोनामा ३ सिजन बिताएका गोलरक्षकले भ्यालेन्सियामा पहिलो रोजाइ बन्दै खेल्न पाउने आसा छ ।