बार्सिलोनाको गत सिजन ऐतिहासिक आम्दानी; पूरा जानकारी:

सिजन २०१८/१९ को स्पेनिस घरेलु लिग ला लिगा विजेता बार्सिलोनाले ऐतिहासिक आम्दानी गरेको छ । क्लबले हरहिसावको मिलान गर्दै ऐतिहासिक आम्दनी गरेको विवरण सार्वजनिक गरेको छ।

क्लबले उक्त समयमा ९९० मिलियन युरोको कारोबार गरेको छ भने जसमा ९७३ मिलियन युरो खर्च गरेको छ । आम्दानी र खर्च कटाएर क्लबले १७ मिलियन युरो फाइदा गरेको छ भने ४.५ मिलियन युरो खूद फाइदा रहेको छ ।

यससँगै बार्सिलोना लगातार आठ सिजनसम्म नाफामा चलेको छ। यसबीचमा बार्सिलोनाले १९२ मिलियन युरो कमाएको छ ।
क्लबको आम्दानीबाट बार्सिलोना बोर्ड खुसी रहेको छ। क्लबले सन् २०२१ सम्म १००० मिलियनको आम्दानी लक्ष्य लिएको छ । क्लबको हरहिसावको विवरण भने सिजन २०१९/२० सुरु हुनुअघि बस्ने बोर्ड बैठकले सार्वजनिक गरेको हो।