बार्सिलोनाको खेलाडी माथी आर्सनलको नजर

एजेन्सी, स्पेनिश क्लब बार्सिलोनाको खेलाडी माथी इङलिस क्लब आर्सनलको नजर रहेको छ। रिपोर्टका अनुसार बार्सिलोनाका ब्राजिलियन गोलकिपर नेटो माथी इङलिस क्लब आर्सनलको नजर रहेको हो।

रिपोर्टका अनुसार यहि वर्षको अघिल्लो भागमा पनि नेटो भित्र्याउन आर्सनल इच्छुक देखिएका थिए र बार्सिलोनाले नेटोको मूल्य करिब १४ मिलियन युरो तोकेको थियो। हाल बार्सिलोनाको आर्थिक अवस्था कम्जोर रहेकाले क्लबलाई नयाँ खेलाडी दर्ता गर्न केही खेलाडीहरु बेच्न तथा पारिश्रमिक घटाउन पर्ने दबाब रहेको भनिएको छ। यसै कारणले बार्सिलोनाले नेटोको मूल्य घटाउन सक्ने आंकलन गरिएको छ।
३२ वर्षका ब्राजिलियन गोलकिपर नेटो २०१९ मा अर्का स्पेनिश क्लब भ्यालेन्सियाबाट बार्सिलोनामा अनुबन्ध भएका थिए। उनले बार्सिलोनाका लागि १७ खेल खेलेका छन्।