बार्सिलोनाको खेलाडी माथी ब्राइग्टनको नजर

एजेन्सी, स्पेनिश क्लब बार्सिलोनाका फर्वार्ड मार्टिन ब्रेइथवेइट माथी इङलिस क्लब ब्राइग्टनको नजर परेको छ। रिपोर्टका अनुसार ब्रेइथवेइटको मूल्य करिब १३ मिलियन पाउन्ड रहेको छ।

ब्राइग्टनका साथसाथै अर्का इङलिस क्लब वेस्ट ह्याम युनाइटेड पनि उनलाई भित्र्याउन इच्छुक रहेको भनिएको छ। ब्राइग्टनले आफ्नो खेलाडी बेन व्ह्याइट अर्को इङलिस क्लब आर्सनललाई करिब ५० मिलियन पाउन्डमा बेच्न लागेकाले क्लब उनलाई भित्र्याउन आर्थिक रुपले बलियो भएको पनि देखिएको छ।
३० वर्षका डेनिस खेलाडी ब्रेइथवेइट २०२० मा करिब १८ मिलियन युरोमा बार्सिलोनामा अनुबन्ध भएका थिए। उनले बार्सिलोनाका लागि ५३ खेलमा ८ गोल गर्न सफल भएका छन्। उनले आफ्नो राष्ट्रिय टोलिका लागि पनि ५६ खेलमा १० गोल गरेका छन्।