ला लिगामा बार्सिलोनाले साँघुरो जित निकालेको छ ।
-
आइतबार राति भएको खेलमा बार्सिलोनाले हुएस्कामाथि १-० को जित निकालेको हो ।
बार्सिलोनाको जितमा फ्रेन्क डी जोङले निर्णायक गोल गरे ।
हुएस्काको मैदानमा डी जोङले २७ औं मिनेटमा गोल गरेका थिए ।
लियोनल मेस्सीको पासमा डी जोङले निर्णायक गोल गरेका हुन् ।
घरेलु मैदानको जितसँगै बार्सिलोना तालिकाको पाँचौ स्थानमा उक्लिएको छ ।
बार्सिलोनाले १६ खेलमा २८ अंक जोडेको छ ।
हुएस्का १२ अंक जोडेर पुछारमा रहेको छ ।