बार्सिलोनाको उपाधी हौडमा पुर्णबिराम, मेस्सीको ३० लिग गोल

एजेन्सी, ला लिगामा बार्सिलोना सेल्टा भिगोसँग २-१ गोलले पराजित भयो । यो हारले बार्सिलोना औपचारिक रुपमा नै उपाधिको होडबाट बाहिरीयो ।

त्यसो त बार्सिलोनाले एक गोलको अग्रता जोगाउन सकेन । खेलको २८ औं मिनेटमा मेस्सीको गोलमा बार्सिलोनाले अग्रता लिएको थियो । उनले सर्जियो बुस्केट्सको क्रसमा हेडर गोल गरेका थिए ।

तर त्यसको १० मिनेटमा नै सेल्टा भिगोले खेल बराबरी गर्न सफल भयो । उसका लाग सान्ती मिनाले डिबक्स बाहिरबाट उत्कृष्ट गोल गरे ।

पहिलो हाफ एक एक गोलको बराबरीमा सकिएको खेलको ८९ औं मिनेटमा सेल्टा भिगोले खेलमा अग्रंता बनायो ।

यसपटक पनि सेल्टाका लागि सान्ती मिनाले नै गोल गरे । त्यसपछि बार्सिलोना खेलमा फर्कन सकने र पराजित भयो । यो हारपछि बार्सिलोनाको उपाधि जित्ने सपना समाप्त भएको छ ।