बार्सिलोनाको अध्यक्ष बन्ने दाउमा पिके

स्पेनिस क्लब बार्सिलोनाका सेन्टर ब्याक जेरार्ड पिकेले बार्सिलोनाको अध्यक्ष बन्ने तयारी गरेका छन् । पिकेले व्यावसायिक फुटबलबाट चाँडै विश्राम लिने र त्यसपछि अध्यक्षको तयारीमा लाग्ने स्पेनिस पत्रिका ‘मुन्डो डेपोर्टिभो’ ले उल्लेख गरेको छ । 

पत्रिकासँगको कुराकानीमा पिकेले अर्को सिजन २०१९–२० को अन्त्यसँगै फुटबलबाट सन्यास लिने बताएका छन् । ३१ वर्षीय पिकेको सन्यासको घोषणा यही सिजनको अन्त्यमा हुनेछ । स्पेनकै नागरिक पिके बार्सिलोनाको भावी अध्यक्ष बन्न निकै इच्छुक देखिएको पनि पत्रिकाले उल्लेख गरेको छ । 

बार्सिलोनाको नेतृत्व परिवर्तनको चुनाव २०२१ मा हुँदैछ । पिकले अध्यक्ष पदको चुनाव तयारीका लागि एक वर्ष समय खर्चने योजना पनि बनाएका छन् । हाल बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बार्तोमेउको कार्यकाल पनि सन् २०२१ मा सकिँदैछ । त्यसपछि हुने चुनावबाट क्लबको अध्यक्षमा नयाँ ब्यक्ति आउनेछन् ।

त्यसका लागि पिके उचित पात्र ठानिएको छ । पिकेलाई अध्यक्ष पदमा चुनाव लड्न पूर्वसहकर्मी जाभी र आन्द्रेस इनिस्टाले विशेष सहयोग गर्ने बताइएको छ । 

सन् २००८ देखि बार्सिलोनाका नियमित खेलाडी पिके खेलबाट सन्याससँगै उम्मेद्वारी घोषणा गरेर चुनावको तयारीमा लाग्नेछन् । सन् २०२१ मा बार्सिलोनाको अध्यक्ष बन्ने पिकेको सम्भावना बलियो रहेको दाबी गरिएको छ ।