बार्सिलोनालाई ठुलो झट्का सुआरेज लामो समयको लागि मैदान बाहिर रहने

बार्सिलोनाका स्ट्राइकर लुइस सुआरेज आइतवारको घुँडा अपरेसन पछि चार महिनाको लागि मैदान बाहिर हुनेछन् ।

उरुग्वेका स्टार स्ट्राइकरको दाहिने घुँडामा चोट लागेको थियो र स्पेनका सर्जन डा. रमन कुगाटले उनको शल्यक्रिया गरेका थिए।

शुक्रबार साउदी अरेबियामा भएको स्पेनिस सुपर कप सेमीफाइनलमा बार्सिलोना एटलेटिको म्याड्रिडसंग ३-२ले पराजित हुँदा उनले पूर्ण खेल खेलेका थिए ।

३२ वर्षीयले यस सिजनमा बार्सिलोनाका लागि २३ खेलमा १४ गोल गरेका छन् ।

ला लिगा च्याम्पियन बार्सिलोना स्पेनीस लिगको शीर्ष उडानमा, सिजनको आधा चरण पुग्दा प्रतिद्वन्द्वी रियल म्याड्रिडसंग अंकमा बराबर रहेका छन् ।