बार्सिलोनाका स्टार मिडफिल्डरले क्लब छोड्न सक्ने

बार्सिलोनाको लागि २०२० निकै खराब रहेको छ र अझै खराब हुँदै गइरहेको छ, युभेन्टस बिरूद्धको पराजित पछि बार्साको लागि अझै अर्को खराब खबर आएको छ। खबर अनुसार बार्सिलोनाका स्टार मिडफिल्डर फ्रेन्की डि जोङ्गले क्लब छोड्न सक्ने छन् र उनको एजेन्ट र बायर्न म्युनिख बीच सम्पर्क भएको कुरा खुलेको छ।

क्लबमा हाल धेरै अनिश्चितता रहेको छ- क्लब अध्यक्षको निर्वाचन पुरा नभए सम्म क्लबको समस्याहरु समाधान हुन धेरै गार्हो हुने देखा परेको छ। क्लब हाल आर्थिक संकटको पनि सामना गर्दै गरेको छ भने बार्साको प्रदर्शनमा पनि कमजोरी देखा परेको छ।

र हाल खबर अनुसार बार्सिलोनाका स्टार मिडफिल्डरले क्लब छोड्न सक्ने छन्। बायर्न म्युनिख बार्साका डि जोङ्ग साइन गर्न इच्छुक रहेको कुरा छ भने बायर्नले उनको एजेन्ट संग छलफल पनि गरेको खबर छ।

खबर अनुसार बायर्न म्युनिख उनको लागि £६५ मिलियन तिर्न तयार छन् र बार्सा पनि सो अवस्था’bout सचेत छन्। खबर अनुसार बायर्न म्युनिख हाल बार्साको अवस्थाको फाइदा लिने योजनामा छन् र आफ्नो स्टार खेलाडी गुमाउनु बार्साको लागि अझै खराब हुने छ।