बार्सिलोनाका स्टार डिफेन्डरलाई १२ खेलको प्रतिबन्ध लग्न सक्ने।

LISBON, PORTUGAL - AUGUST 14: Gerard Pique of FC Barcelona reacts during the UEFA Champions League Quarter Final match between Barcelona and Bayern Munich at Estadio do Sport Lisboa e Benfica on August 14, 2020 in Lisbon, Portugal. (Photo by Michael Regan - UEFA/UEFA via Getty Images)

बार्सिलोनाका डिफेन्डर जेरार्ड पिकेलाई स्पेन फुटबल सङ्घले १२ खेलको प्रतिबन्ध लगाउन सक्ने खबर छ।

बार्सिलोनाका डिफेन्डर पिकेले ला लिगाका रेफ्रीहरुको आलोचना गरेका थिए। ला लिगामा धेरै रेफ्रीहरु म्याड्रिडबाट आउने र खेलमा रियलको पक्ष लिने गरेको भनेर पिकेले आरोप लगाएका थिए।

बार्सिलोनाका डिफेन्डरको उक्त टिप्पणी पछि स्पेनिस फुटबल सङ्घले उनी माथि अनुसन्धान गर्ने खबर छ।

पिकेको उक्त टिप्पणीहरूको लागि उनलाई €६००-३,००० सम्मको जरिवाना र १२ खेल प्रतिबन्ध हुन सक्ने डायारियो स्पोर्ट्सले जनाएको छ।