बार्सिलोनाका स्टार गोलकिपर साइन गर्ने चेल्सीको योजना

चेल्सीले यो सिजन दुइ प्रभावशाली खेलाडीहरु साइन गरिसकेको छ, तर चेल्सी अझै खेलाडी साइन गर्ने योजना बनाउँदै गरेको खबर छ।

चेल्सीको अर्को योजना गोलकिपर साइन गर्ने रहेको कुरा छ र चेल्सीले बार्साका स्टार मार्क-आंद्रे टेरे स्टेगेन रहेको छ।

उनि सजिलैसँग विश्वको सर्वश्रेष्ठ गोलकिपर मध्ये एक हुन्- उनि हावामा प्रबल छन्, उनले आफ्नो बक्सलाई कमाण्ड गर्ने गर्छन, उनको रिफ्लेक्स तीव्र छ र उनि आउटफिल्ड खेलाडीलाई टेक्निकल सीप पनि दिने गर्छन ।

उनलाई बार्साले क्लब छोड्न दिने असम्भव देखिन्छ, तर उनको सम्झौताको स्थितिले यहाँ ठूलो भूमिका खेल्न सक्छ।

यो पुष्टि भएको थियो कि उनको सम्झौतामा केवल दुई वर्ष मात्र बाँकी रहेको छ र विस्तारको लागि वार्ता महिनौं देखि चलिरहेको छ, त्यसैले चेल्सीले यो कुरा धेरै नजिकबाट निरीक्षण गरिरहेका छन।

स्टेगेनको हाल मूल्य कति रहेको केहि खुलेको छैन तर खबर अनुसार चेल्सीले बार्सालाइ आफ्नो किपर केपा दिएर टेरे स्टेगेन साइन गर्ने योजना बनाएको छ।