बार्सिलोनाका युवा स्टार बि टीममा ड्रप

बार्सिलोनाका युवा स्टार अंशु फाती यस हप्ता फेरी बी टीममा फर्किएका छन्।

युवा स्टारले आरसीडी एस्पेनयॉल बिरुद्द खेलमा मैदान छिरेको केही मिनेट पछि नै रातो कार्ड खाए पछि आउँदो खेलमा उनले खेल्न नपाउने भएको थियो ।

यद्यपि उनी कुनै समय गुमाउन चाहँदैनथे र शनिबार बार्सिलोना बी र युरोपा बीच क्लबको प्रशिक्षण मैदानमा मैत्रीपूर्ण खेलमा भाग लिए।

हाल पहिलो टिमको केहि खेलाडी पनि बिबाट खेलेका थिए – जस्तै इआकी पेना, मोरेर, जर्ज कुएन्का, मोन्चु र कोलाडो ।

उनको निलम्बन सके पछि उनि फेरी पहिलो टिम फर्किने छन्।