बार्सिलोनाका मिड्फिल्डर माथी चेल्सीको नजर

एजेन्सी, इङलिस क्लब चेल्सीको नजर बार्सिलोनाका बोस्नियन मिड्फिल्डर मिरालेम प्यानिच माथी परेको छ। रिपोर्टका अनुसार चेल्सीका साथसाथै फ्रेन्च क्लब पि.एस.जि पनि उनलाई भित्र्याउन इच्छुक छन्।

फ्रेन्च क्लब पि.एस.जि भने उनलाई स्थायी रुपमा नभइ लोनमा भित्र्याउन इच्छुक रहेको बताइएको छ। प्यानिच गत वर्ष करिब ६५ मिलियन युरोमा युभेन्टसबाट बार्सिलोनामा अनुबन्ध भएका थिए। बार्सिलोनामा अनुबन्ध भए देखि उनले पर्याप्त खेल समय भने पाउन सकेका छैनन्। खेलाडीहरुको उच्च पारिश्रमिकले बार्सिलोनाको आर्थिक आवस्था झन कम्जोर बनाइरहेको हुँदा बार्सिलोनाले पनि केही खेलाडीहरुलाई लोनमा पठाउन सक्ने सम्भावना देखिएको छ।
३१ वर्षका मिड्फिल्डर प्यानिच २०१६ देखि २०२० सम्म युभेन्टसका खेलाडी थिए। युभेन्टसमा उनले १७८ खेल खेलेका थिए जस्मा उनले २२ गोल पनि गर्न सफल भएका थिए भने बार्सिलोनामा उनले ३० खेल खेलेका छन जस्मा उनले एक गोल पनि गर्न सफल भएका छैनन्।