बार्सिलोनाका मिड्फिल्डर फर्काउने युभेन्टसको योजना

एजेन्सी, इटालियन क्लब युभेन्टसका नवनियुक्त प्रशिक्षक मासिमिलियानो अलेग्री स्पेनिश क्लब बार्सिलोनाका मिड्फिल्डर मिरालेम प्यानिच पुनः क्लबमा फर्काउने योजनामा देखिएका छन्। प्यानिच गत वर्ष नै युभेन्टसबाट बार्सिलोनामा अनुबन्ध भएका थिए।

रिपोर्टका अनुसार अलेग्रीले प्यानिचलाई युभेन्टसमा एक महत्त्वपूर्ण भुमिकाले उनको प्रतीक्षा गरिरहेको जानकारी दिएका छन्। प्यानिच गत वर्ष करिब ६५ मिलियन युरोमा युभेन्टसबाट बार्सिलोनामा अनुबन्ध भएका थिए। बार्सिलोनामा अनुबन्ध भए देखि उनले पर्याप्त खेल समय भने पाउन सकेका छैनन्।
३१ वर्षका मिड्फिल्डर प्यानिच बोस्निया तथा हेर्जेगोभिनाका खेलाडी हुन्। उनी २०१६ देखि २०२० सम्म युभेन्टसका खेलाडी थिए। युभेन्टसमा उनले १७८ खेल खेलेका थिए जस्मा उनले २२ गोल पनि गर्न सफल भएका थिए भने बार्सिलोनामा उनले ३० खेल खेलेका छन जस्मा उनले एक गोल पनि गरेका छैनन्।