बार्सिलोनाका पिकेले फुटाए ड्रेसिङ रुमको ढोका; पुरा जानकारी

जेरार्ड पिकेले ड्रेसिङ रुमको ढोका फोरेका छन् । क्लबले लगातार खराब प्रदर्शन गरेपछि डिफेन्डर पिकेले रिस नियन्त्रण गर्न नसक्दा यो घटना भएकाे हाे ।

ला लिगा अन्तर्गत शनिबार भएको खेलमा बार्सिलोना ओसासुनाको मैदानमा २–२ गोलको बराबरीमा रोकिएको थियो । तीन खेलमा बार्सिलोनाले पाँच अंक गुमाएको छ ।

जुन प्रदर्शन पछिल्लो दशककै खराब शुरुवात हो । खेल सकिएपछि पिकेले ड्रेसिङ रुमको एउटा ढोकामा लात्तीले हानेको बताइएको छ ।

आफूप्रति रिस पोख्ने क्रममा पिकेले यस्तो हर्कत गरेको बताइएको छ । खेलमा ८१ मिनेटसम्म बार्सिलोनाले अग्रता लिएको थियो । त्यसपछि पिकेले विपक्षी खेलाडीलाई फल गरेका कारण ओसासुनाले पेनाल्टी पाएको थियो ।

जसका कारण बार्सिलोनाले अंक बाँढेको थियो । यो नतिजापछि बार्सिलोना आठौं स्थानमा झरेको छ ।